सांकेतिक फोटो
महोत्तरी - बिधुत सट भएर महोत्तरीमा एक घरमा आगलागी भएको छ । महोत्तरीको औरही नगरपालिका वडा न १ औरहीमा बिद्युत सट भएर एक घरमा आगलागी भएको हो ।

एकाएक रामलाला दासको घरमा बुधबार बिहान १० बजेको समयमा बिद्युत सट भएर आगलागि भएको स्थानिय महिबुल साफीले बताए।

घरमा आगलागि हुदाँ घर भित्र भएको लुगा कपडा र सुत्ने कोठामा रहेको खाट,लुगा कपडा सहित करिब ७० हजार बराबरको सरसमान जलेर नष्ट भएको स्थानिय साफीले बताए ।

अहिले स्थानयिको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको पिडित परिवार जानले बताए । आगलागीमा कुनै पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए। प्रहरी चौकी औरहीबाट प्रहरीको टोली घटना स्थलतर्फ गएको स्थानीयहरुले बताए ।




