बारा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बिहान २ बजे तिर भएको बस दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक जनाको भने सनाखत हुन सकेको छैन । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । अन्य २० जनाको भने सामान्य अवस्थामा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।
काकड्भिट्टाबाट काठमाडौँ जादै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ट्रक आपसमा ठोक्किएका थिए ।


