भैरहव- रुपन्देही को सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बैंक कलौनी, भैरहवा वाट प्रहरी ले मंगलवार १६.३०० ग्राम लागु औषध ब्राउनसुगर सहित एक जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा मर्चवारी गाउँपालिका वडा नं. ४ का २१ वर्षिय गोपी किसन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवा ले जनाएको छ।
सिद्धार्थनगर नगरपालिका बैंक कलौनी मा लागु औषध को कारोवार भईरहेको प्रहरी लाई प्राप्त गोप्य सुचना को आधार मा जिल्ला प्रहरी कार्यालय भैरहवा रुपन्देही वाट खटिएको प्रहरी टोली ले निग्रानी गर्ने क्रम मा निज चौधरी लाई शंकास्पद रुप मा फेला पारी सोधपुछ तथा शरीर को खानतलाशी गर्ने क्रम मा निज ले लगाएको ज्याकेट को वायाँ तर्फ को भित्री खल्ती वाट ११ पुरिया लागु औषध ब्राउनसुगर वरामद गरि थप अनुसन्धान भईराखेको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।