जनकपुरधाम : नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) मधेस प्रदेशको साधारण सभा सम्पन्न भएको छ ।
नेल्टा मधेस प्रदेशका पुर्वअध्यक्ष डा.दिनेश कुमार यादवको अध्यक्षता तथा राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा./डा.अमर प्रसाद यादवको प्रमुख आतिथ्यतामा धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कल्चरल भिलेज, मिथलेशवरमा आयोजना गरिएको एक औपाचारिक कार्यक्रम मार्फत साधारण सभा सम्पन्न गरी संघको नयाँ नेतृत्व चयन गरिएको छ।
डा. विनोद साहको अध्यक्षतामा १९ सदस्यीय समिती चयन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा रिमा कर्ण, उपाध्यक्षमा दिपेन्द्र लाल कर्ण, महा–सचिवमा रामबहादुर पण्डित, सचिवमा राम अवधेश राय कोषाध्यक्षमा मुकेश कर्ण र सदस्य सचीवमा संजय कुमार यादवलाई चयन गरेको छ। संघको सदस्यहरुमा अमन कुमार झा,विशवन्त यादव,प्रकाश चन्द्र साह,अरुण कुमार कुशवाहा,सम्मी कर्ण रहेका छन् भने पदन सदस्यमा नेल्टाको जिल्ला अध्यक्षहरु क्रमश: लक्ष्मण मेहता ,मदन मण्डल,अमित कुमार कर्ण,ज्ञानेन्द्र कुमार यादव,आशाराम साह र हरि भूषण कुशवाहा रहेका छन् ।

नव निर्बाचित अध्यक्ष डा. साह रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका उप-प्राध्यापक हुन्।
साधारणसभामा क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकारी रोजर कोहन ,रेलो कार्यक्रम विशेषज्ञ विश्वराज गौतम,नेल्टा केन्द्रका पुर्व सभापति हेमन्तराज दहाल,मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र यादव, प्रमुख प्रशासकिय अधिकृत राम दरेश यादव र जनकपुरधाम उप-महानगरपालिका शिक्षा शाखा प्रमुख मिहिलाल यादवको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेस प्रदेशको आठवटै जिल्लाका शिक्षक शिक्षिका, समाजिक अभियन्ता र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।




