राधेश्याम कुशवाहा, सर्लाही-
सर्लाही जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको नेतुत्वका टोलिले सिमामा रहेका पिलरहरुको अनुगमन गरेका छन ।



आज प्रमुख जिल्ला अधिकारी कोमल धमला नेतुत्वका टोलिले मर्मम्मत सम्भार तथा रंगरोहन हुँदै गरेको मधुवन गोठ हुँदै बलरा नगरपालिकाका छन्की शेर्वा नाका सम्मका पिलरहरुको अनुगमन गरेका हुन ।
पिलरहरुको अनुगमन गर्दै प्रजिअ कोमल धमलाले विस २०१४ पछि निर्माण भएका पिलरहरुको मर्मत सम्भार तथा रंगरोहन पछि अनुगमन तथा निरिक्षन गरेको जानकारी दिए ।
रंगरोहम भइरहेका पिलरहरुको अनुगमन तथा सिमानाका नजिकहरुमा उखु काटा राखी भारतबाट उखुहरु ल्याउने गरेको गुनासा र उजुरीहरु परेका कारण त्यसलाई देख्न समेत आएका छौं, प्रजिअ धमलाले भने ।
बलराका विवादित विधालयमा वार्ता गरि आफनो कमाईहरु निकालेपछि विधालय खुलेपछि विधालय निरन्तर खुल्न दिने र उखु काटाहरु भारतीय सिमाना भन्दा नजिकै रहेका कारण कम्तीमा सिमाना भन्दा १ किलोमीटर टाढाको दुरीमा मात्र राख्ने निर्देशन दिएको उहाँको भनाई छ ।
बलरा नगरपालिकाका छन्की शेर्वाका एक विधालयमा कसैले तरकारी खेती गरि विवादित बनेको र विधालयमा गाईगोरु तथा भैंसी बाध्ने लगायत विविध कार्यक्रमहरुको अनुमन गर्न प्रजिअ सहितको टोलि बलराको छन्की शेर्वा समेत पुगेका थिए ।
विस २०१४ भन्दा अगाडि निर्णय हुन बाँकी पिलरहरु नबनिएका अवस्थामा रहेका छन । त्यसभन्दा पछाडीका नेपालका भागमा परेका पिलरहरु अहिले करिब करिब बनिएर रंगरोहन भएर तयारीको अन्तिम अवस्थामा रहेका छन ।
सुरक्षा निकायका प्रमुख सहितको टोलि बोर्डर, बाटोघाटो तथा छन्की विधालय अतिक्रमणको अनुगमन गर्न बलरा आईपुगेको नगरप्रमुख रामाशंकर कुशवाहाले बताए ।
हामीले संयुक्त रुपमा सिमार्वती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु पीडा, समस्या, उखु खेती हुने क्षेत्र, वारिपारी हुँदाको उनीहरुले भोग्नुपरेका कठिनाई, किसानको समस्या, भुक्तानीको समस्या र त्यसबाट परेका असर र समयमै भुक्तानीका लागि गर्न सकिने सहजीकरण लगायतका विषयमा अनुगमन तथा छलफल गरिएको मेयर कुशवाहाको भनाई छ ।
बलरा नगरभरिका सार्वजनिक स्थान तथा बाटोघाटो, सडकमा गाईगोरु बाँधेर अतिक्रम गर्नुका साथै पराल राखेर कुरुप बनाएका कारण तुरुन्त खाली गर्न निर्देशन दिएको उहाँले बताए । नगरस्तरीय एउटा समिती बनाएर अतिक्रम गरिएको स्थान खाली गरि सरसफाई गरिने मेयर कुशवाहाले प्रतिबद्धता व्यक्त गरे ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी कोमल धमला, जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी दिपेन्द्र पजियार थारु, सशस्त्र प्रहरी बलका एसपी तुल्ल बहादुर भण्डारी,नेपाली सैनिकका सुर्य बहादुर कार्की, अनुसन्धानका सन्तोष ढुंगाना, बलराका मेयर रामाशंकर कुशवाहा लगायतका टोलिले सिमाका स्तम्भका अनुगमन तथा निरिक्षण गरेका छन ।




