जनकपुरधाम- अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा भएको आन्दोलनकाे क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएकाे गाेली लागि एकजनाकाे मृत्यु भएको छ। विवाद उत्पन्न भएर भएको उग्र प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गाेली प्रहार गर्नुकाे साथै एक दर्जन भन्दा बढि टियरग्यास प्रहार गरेका छन् ।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशको मातहत गाभ्नुपर्ने माग राख्द्रै नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका नेता एवं कार्यकर्ताहरुको मागलाई बरहथवा नगरप्रमुखले बेवास्ता गरेपछि आक्रोशित भिडले नगरपालिका माथि ढुंगामुद्धा गर्न थाल्दा प्रहरीले बल प्रयोग गर्दै १४ राउण्ड भन्दा बढि टियरग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेका हुन् ।



ठूलो संख्यामा प्रदर्शनमा उत्रिएका जनताहरु नगरप्रमुख कल्पना कटुवाल नगरपालिकाको कार्यालयमा प्रवेश गरेपछि स्थानीयहरु उग्रबन्दै ढुंगामुढा गर्नुका साथै नगरपालिकाको कार्यालय तोडफोड गर्न खोज्दा प्रहरीले बल प्रयोग गरी टियरग्यास फायर गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए । किन उत्पन्न भयो तनाव ? बरहथवा नगरपालिका वडा नम्वर ६ स्थित प्राथमिक स्वास्थ केन्द्रलाई ५० शैंयाको लागि भएको नगरपालिका बोर्डका निर्णयको कार्यन्वयनको माग राख्दै पटक पटक विरोध रैली निकाल्दै प्रदर्शन गरिए । बरहथवा नगरपालिकाको कार्यलयको अगाडी नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपाल सहितको ५ दलले संयुक्त शान्तिपूर्ण रुपमा विगतमा शान्तिपूर्ण रुपमा विरोध रैलीको साथै प्रदर्शन गरेको थियो ।

प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेशलाई हस्तान्तरणको माग राख्दै धेरै संख्यामा पाँच वटा दलका कार्यकर्ता, सर्वसाधारणहरुको सहभागिता रहेको छ । विरोध प्रदर्शनलाई मध्यनजर राख्दै नगरपालिका सहित आसपास क्षेत्रमा भारी सख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएका छन् । अहिले बरहथवा बजार पूर्ण रुपमा बन्द रहेका छन् भने यातायात संचालनमा रहेको बताइएको छ । कार्यपालिकाको बैठक प्राथमिक स्वास्थ केन्द्रलाई ५० शैंयाको स्तरोन्नतिको निर्णय विपरीत आएको कडा प्रतिकार गर्ने मेयर प्रत्याशी बिगु चौधरीले बताए ।
माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन घोषणा गर्दै उनले चक्काजाम लगायत कार्यक्रम गर्न अत्याधिक संख्यामा सर्वसाधारणलाई मेयरको निर्णयको विरोध उतार्ने चेतावनी दिएका थिए । बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।
तर स्थानीय सरकार प्रमुखले कार्यपालिकाको बहुमतले गरेको निर्णयबाट पन्छिएपछि विवाद सुरु भएको बताइएको छ । जनमत पार्टी राष्ट्रिय परिषद सदस्य त्रिभुवन सिंहले माग पुरा नभएसम्म अनिश्चितकालीन अनशनमा बस्ने चेतावनी दिए ।





