महोत्तरी – महोत्तरीको औरही नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख प्रदिप कुमार खड्काले जनाएका छन् । उनले नगरपालिकाको १ देखि ९ सम्मका वडामा दैनिक ज्याला मजदुरी गरी खाने टोल र सार्वजनिक स्थल र नगर भित्र रहेका बिभिन्न चौकहरूलाई मध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरेको जनाएको छ ।
तराई मधेसमा जोडा याममा शीतलहरको बेला गरिब विपन्नहरूको लागि शीतलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउरा वितरण गरिएको नगर प्रमुख खड्काले बताए । उनले नगरको ग्रामीण भेग बाहेक चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरूलाई पनि असर परेको र बजारमा आउने यात्रुहरूलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए । नगर प्रमुख खड्काले चिसो समयभरि नै यसै गरी नगरले दाउरा वितरण गर्ने बताए ।



यता केहि दिन अगाडी नगर प्रमुख खड्काले औरही नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका अतिबिपन्नहरु लाई पहिचान गरि न्यानो सिरक वितरण गरेको हो । बढ्दो चिसो तथा शितलहरलाई मध्यनजर गरी विपन्नलाई राहत स्वरुप प्रत्येक वडामा नगरपालिकाबाट कर्मचारी खटाई अतिबिपन्नहरु लाई पहिचान गरि डाटा संकलन गरी एक हजार थान फाईबरको सिरक वितरण गरेको हो ।
औरही नगरपालिकाको नगरप्रमुख खड्काका अनुसार नगरमा रहेका अतिबिपन्नहरुका लागि १ हजार थान फाईबरको सिरक गरिसकेको जानकारी दिए। नगरप्रमुख खड्काले विपतबाट बच्नको लागि गरिब अतिबिपन्न परिवारलाई सिरक वितरण गर्ने योजना अन्तर्गत अभियान संचालन गरिएको थियो अहिले पनि छुटेका लाई यो अभियान जारि रहेको बताए ।
औरही नगरपालिकाद्वारा नगरका अतिबिपन्न परिवारलाई जाडोबाट बच्न न्यानो सिरक वितरण
https://shirishnews.com/2023/12/25/52188/















