महोत्तरी । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार भएको राममन्दिरको प्राण प्रतिष्ठामा महोत्तरीसहित तराई मधेशका जिल्लाहरुमा उत्सव मनाइएको छ ।

रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरधाममा दिनभर जय सियारामको नारासहित भग्वा ध्वज लिएर भक्तजनले खुसियाली प्रदर्शन गरेका हुन् ।

जानकी मन्दिर प्रांगणलाई रंगोली, फूल तथा दीपले सजाइएको छ । अहिले जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिँदै छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरिरहेका छन् । मठमन्दिरसहित घरघरमा दीप प्रज्वलन गरेर खुसियाली मनाइँदै छ ।



