राधेश्याम कुशवाहा,गोडैता सर्लाही
सर्लाहीको गोडैता नगरपालिका वार्ड-२ जयपुर मा भारतको अयोध्यामा राम मन्दिरको उदघाटनको शुभ अवसरमा निजि जमिनमा रहेका राम मन्दिरलाई अन्यत्र ठाउँमा सारिएको छ ।
स्थानीय रामनारायण महतोले ३० लाख मुल्य बराबरको १.५ कठ्ठा जमिनलाई दान गरेपछी मन्दिरले आफनो घर पाएको छ ।
पुर्खाहरुको समयदेखि नै मन्दिर निजि जमिनमा रहि आएको स्थानीय अन्दाजी ९२ बर्षिय बृद्ध रामचन्द्र महतो बताउँछन् । बर्षाैदेखी निजि जमिनमा रहेको मन्दिरले आफनै घर पाएपछि उहाँले खुशी व्यक्त गरे ।

महतोका अनुसार आफनै बाल्यकाल देखि नै मन्दिर साविक ठाउँमा रहेको थियो तर जमिनदाताका आफन्त तथा नातिहरुले जग्गालाई मन्दिरको नाममा रजिस्ट्रेशन पास नगरेपछि मन्दिर अन्यत्र सार्वजनिक ठाउँमा सार्नुपर्ने स्थानीय स्तरमा आवाज उठदै आएको थियो ।
स्वर्गीय भगवान महतोले आफनै जमिनमा मन्दिर निर्माण गरेको स्थानिय किशोरी महतोले बताए । उहाँको मृत्यु पश्चत्ताप स्थानीयवासीहरुले उहाँको नाति तथा आफन्तलाई मन्दिरको जमिनलाई मन्दिरकै नाम पास गर्न ताकेता गर्दै आएको थियो ।
उहाँको आफन्तको चौथौ र पाचौं पुस्ता सम्म आईपुग्दा पनि उनिहरुले जमिन मन्दिरको नाममा पास गराउन असहमती जनाउदै आएका कारण अन्यत्र ठाउँमा राम मन्दिर सारिएको उहाँको भनाई थियो ।
राममन्दिरले आफनै घर पाएपछि मन्दिरका महन्थ रामस्नेही दास पनि अति नै प्रशन्न देखिए । उहाँसंग कुराकानी गर्दा खुशिको गदगद भएका महन्थले भगवानले आफनो घर पाएका खुशिलाई शब्दमा मार्फत बयान गर्न सकिरहेका थिएन।
जयपुर राम मन्दिरमा महन्थ रामस्नेही १० बर्षकै कलिलो उमेरमा आएका थिए । महन्थका अनुसार गाउँमा विधालय निर्माण नहुदाकै समय त्यसबेला कक्षा २ भर्ना हुदादेखी यो मन्दिर पुर्व महन्थको चेलाको रुपमा बस्दै आएका उहाँपनि अहिले उमेरले ९० पार गरिरसकेका छन ।
बाल्यकालदेखि नै मन्दिरमा रामको प्रतिमालाई भगवान स्वरुप पुजा तथा सेवा गर्दै आएको उहाँ भगवान रामसंग नै जीवन र मरणको सम्बन्ध बनाएको छु, महन्थले बताए। जिउदो रहेसम्म राम मन्दिरलाई छोडेर अन्य मन्दिरमा नजाने शर्तमा रहेका थिए ।
शनिबार राती भएको बैठकमा महतोले राम मन्दिरको उदघाटनकै दिन मन्दिर सारिने शर्तमा जमिन दान दिन तयार भएको र आईतवारको बिहान १० बजे जमिन दिने अन्तिम टुंगो लागेपछि स्थानीयवासीले एकाएक ३-४ फिटको खाल्डो जमिनलाई डोजरले पुरेर रातदिन काम गरि मन्दिरका लागि काठको घर निर्माण गरेका हुन ।
मठका घर निर्माण तथा नवनिर्मित मठमा रामनाम जप सहितको पुजाका लागि गाउँवासीहरुले चन्दा उठाएर श्रमदान गर्नुको साथै काठ, बाँस, सिमेन्टको खम्बा, दुध, चामव, दाल लगायत पुजा सामग्री निशुल्क उपलब्ध गराएका छन।
आज बिहान हजारौंका संख्यामा कुमारी कन्याबाट कलश यात्रा निकाली मन्दिर निर्माण स्थलमा एकाह सुरु गरिएको छ ।
मन्दिर स्थलको बाकी जमिनमा महारानी, बरम बाबाको मन्दिर निर्माणको तयारीमा स्थानीयवासी रहेका छन । यी मन्दिरहरु समेत निजि जमिनमा हुँदा समय समयमा पुजा गर्ने, महारानी स्थानमा बलि दिने, बरह बाबा मन्दिर जाने बाटो नहुदा लगायतका विषयमा विवाद हुँदै आएको थियो । मन्दिर दर्शन गर्न आएका प्रदेश सासाद फकिरा महतोले मन्दिर निर्माणका लागि तत्काले २५ लाख बजेट विनियोजन गर्ने आश्वासन दिए । भने गोडैता नगरपालिकाका मेयर समेत दर्शन गर्न आउने कार्यक्रम रहेको मठ निर्माण समितिले जनाएको छ ।
अयोध्यामा राम मन्दिर उदघाटन तथा गाउँमा सार्वजनिक जमिनमा राम मन्दिर निर्माणको उपलक्ष्यमा गाउँवासीहरु घरघरमा भक्तहरूले व्रत बसेका छन भने गाउँ भरी हर्षाेउल्लासका दिपावली मनाईएको छ ।




