महोत्तरी – औरही नगपालिकामा बृहत परिवार नियोजन नि:शुल्क स्थायी बन्ध्याकरण स्वास्थ शिविर दुई दिने शिविरको शुभारम्भ भएको छ।
‘व्यवस्थित परिवार सुखको आधार’ भन्ने मुल नाराका साथ सन्तानको रहर पुगि सकेका दम्पतीहरुको लागि बन्ध्याकरण गराउने उद्देश्यले स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना,मेरी स्टोप्स नेपाल,AUSTRALLAN AID(अष्ट्रेलियन सहायता)तथा सुनौलो परिवार नेपाल प्राबिधिकको सहयोगमा सुरु भएको उक्त दुई दिने नि:शुल्क स्थायी बन्ध्याकरण स्वास्थ शिविरको औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्कालेको आईतवार उदघाटन गरेका छन् ।




उदघाटन गर्दै नगर प्रमुख खड्काले भने औरही नगरपालिका १ औरही बजार स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित यस नि:शुल्क स्थायी बन्ध्याकरण स्वास्थ शिविरमा सन्तानको रहर पुगि सकेका दम्पतीहरुले सम्पर्क गरी दुई दिन सेवा लिनलाई सम्बन्धीत सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।

सन्तानको रहर पुगि सकेका दम्पतीहरुको स्थायी बन्ध्याकरणकोमा महिलाहरुको लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी अपरेशन गरिने कार्यक्रममा रहेको औरही नगरपालिकाका स्वास्थ्य संयोजक चन्द्रभुसन ठाकुरले जनाए ।


उदघाटन कार्यक्रममा महोत्तरी जिल्ला स्वास्थ प्रमुख सुनिता गुप्ता,प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा. मुरारि ठाकुर,औरही स्वास्थ चौकी मे. अ डा.राजाराम महतो,मेरी स्टोप्स मे. अ डा. कृष्ण खनाल, मेरी स्टोप्सका क्याम्प कोडीनेटर कलाबत्ति चौधरी,औरही नगरपालिकाका स्वास्थकर्मी,स्वम्सेविका र स्थानीयहरु लगायको उपस्थिती रहेको थियो ।





