बिनोद निगम,नवलपरासी - पश्चिम नवलपरासी सुनवल नगरपालिका ४ गैरेपेट्रोल पम्प नजिकै अल्कत्रेडाडा स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट बाजुरा तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ख ३४८० नं. को बसलाई बिपरित दिशा बुटवलबाट सुनवल तर्फबाट आउदै गरेको लु २ ख १६९६ नं. को टिप्पर करिब अन्दाजी १० बजेको समयमा एकआपसमा ठक्कर खाँदा बसमा सवार अन्दाजी ३५ जना मध्ये बस चालक सहित १७ जना घाईते,अन्यको अवस्था सामान्य,टिप्पर चालक नियन्त्रणमा,बस र टिप्पर घट्नास्थलमा रहेको कार्यालय तर्फ ल्याउने पहल भईरहेको प्रहरीले जनाएको छ । टिप्पर चालक जिल्ला नवलपरासी सुनवल न.पा. १० गैडाखाल बस्ने बर्ष अन्दाजी २८ को सुनिल दर्जी रहेको छन् ।
घाइते भएका देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भईरहेको प्रहरीले बताएको छ । बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम ।(लाईसेन्स भएको, मा.प.से. नभएको), उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको बताए।
त्यस्तै जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -१२ नयां बस्ने वर्ष अन्दाजी ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम रहेको छ । जिल्ला कञ्चनपुर बेलौरी नगरपलिका-१० बस्ने वर्ष अन्दाजी २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम । जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य रहेको छ। जिल्ला बाजुरा कोल्टी न.पा.-९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य । ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं.१६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम । ऐ.ऐ. बस्ने निजको छोरा बर्ष अन्दाजी ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य रहेको बताए ।
त्यस्तै जिल्ला नवलपुर देवचुली नगरपालिका-१२ गैडी बस्ने वर्ष अन्दाजी ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था सिरियस रहेको छ । ऐ ११ :२५ बजे बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर भएको प्रहरीले जनाएको छ ।
जिल्ला बर्दिया मधुबन न.पा.- ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम । जिल्ला नवलपरासी सुनवल नगरपालिका- ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य । ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अन्दाजी ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम । ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अन्दाजी ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य । जिल्ला बाजुरा हिमाली गाउँपालिका-७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम रहेको छ ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको जिल्ला बाजुरा बुढीनन्द नगरपालिका-१ बस्ने वर्ष अन्दाजी ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य रहेको छ । ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष अन्दाजी कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य ।जिल्ला बाजुरा दुर्गाथली गाउँपालिका -४ बस्ने वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य ।जिल्ला बाजुरा गौमुल गाउँपालिका-६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य रहेको छ ।
माथी उल्लेखित घाईतेहरु मध्ये सिरियस-१,मध्यम- ७ र सामान्य ९ जना रहेको,अन्य केही नभएको बस यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाउने पहल भईरहेको र दुबै सवारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी पश्चिम नवलपरासीले जानकरी दिएको छ।-राष्ट्रिय दैनिक