हामिले राम्रो लाई राम्रै भन्ने संस्कार वसाउन जरूरि छ । अहिले जुन पर्यटन पर्वद्वनको लागि जुन गन्तव्य को छनौट हुदैछ ।ब यस्लाई स्वागतयोग्य कदम भन्नू नै पर्छ । सवैकुरा एउटैले मात्र गर्न सक्दैन, सबैले आ-आफ्नु दायित्व सम्झेर काम गर्ने हो भने यकदिन त बास वसौ बर्दिवासमा भन्नेको शंख्या बढ्दै जान्छ ।
तर अहिले नेपालमा पर्यटक भित्र्याउन धार्मिक गन्तव्य भित्र्याएर धार्मिक पर्यटन लाई वढवा दिनु पर्छ ।



माथि उल्लेखित ठाउँमा यदि पुरातात्विक कुनै अवशेष छन भने तिनिहरूलाई उत्थान गरि ऐतिहासिकस्थल घोषण गर्दै धार्मिकस्थल निर्माण गर्ने हो भने यस्ले अवश्य सफलता पाउन सक्छ ।
अब त्यो उच्च डाडामा धार्मिक पर्यटक पु्र्याउने हो भने त्याहा पुग्न सवारिसाधन विल्कुल जान दिनु हुदैन र पैदलमार्ग नै अनिवार्य हुनु पर्छ । पैदलमार्गले गन्तव्य पुग्दा कष्टकर हिडाई पछिको आनन्द बेग्लै हुन्छ ।
जस्तो पाथिभरा माताकंहा हिड्दाखेरिको थकान र माथि माताको दर्शन गर्दा हुने आन्नद बेग्लै हुन्छ ।
यदि यो सफल भयो भने बर्दिवासको व्यापारमा केही सहज हुन्छ र अहिले बांदरको वास भत्किएर खान नपाएर गाउमा उप्रद्रो गर्ने बादरहरू लाई खान आपूर्ति हुन्छ । बादरलाई बन्ध्याकरण गर्ने तालिम र भत्ता खर्चको पैसाले बादर लाई चाहिने आहार,विहार र उस्को भुगोल सुरक्षा गर्न लगाउने हो भने यो प्रकृतिले बादरलाई कहिलै वध्याकरण गर्नु पर्ने प्राणिमा राखेन ।
तर हामी मानव नै हौ प्राकृतिकमाथि धावा वोलेर बांदरलाई बन्ध्याकरण गरेर बांदरको संख्या घटाउनुमा लागेका छौ। तर विध्वंश मच्चाउन धेरै बादर चाहिदैन यउटै बादर काफि छ भनेर विज्ञहरू किन वुझ्दैनन ?
यो फजुलखर्चमा सरकार किन उदत छ जंगल सुरक्षित राखिदेउ राउटेलाई बर्दिवासको उतरिभेगको जंगलमा आयर वस्न प्रोत्साहन गरौ अब बांदरको संख्या वढछ कि घट्छ त्यसै थाहा हन्छ ।
हामिलाई प्रकृतिले यो संसार दिएको छ जलचर,थलचर भनेर छुट्याई पनि दियको छ तर मानिसकै पनि वस्ने वास उठिवास लाग्यो भने उस्ले समाजमा तवाहि त मचाउछ नै अनि यहि कुरा बांदरमा किन लागू हुदैन ?
गाउँ,सहर,देश त्यसै वन्दैन सहि समयमा सहि निर्णय लिन सक्ने नेतृत्व नै समाजमा अव्वल कमाउछ ।
अहिले बांदर पिडित बर्दिवासको उत्तरवर्ति क्षेत्र पिडित छ । कारण यउटै छ बांदरको खास आहारा नपाएर भौतारियर हामिलाई दुख दिएको हो ? बास्तबमा बांदरले हामिलाई दुख दियको हैन । हामिले चाहिँ बांदरलाई दुख दिएर उस्लाई घरमा आउन निम्ता दिएको हो । यदि उसको बास, गासलाई हस्तक्षेप गर्ने मानव नै हो परिणामस्वरूप गाउँ, बस्तीमा उनीहरु नआए काँहा जान्छन त ?
अब पर्यटन हवको विकासको लागी खोजि कार्यलाई निष्कर्षमा पुर्र्याई धार्मिक पर्यटक भित्र्याउन सवै अगुवा साथिहरू लाई अनुरोध गर्दछु ।
हामी मानवको निमित पशुपंक्षि, हात्ती,घोडा,बाघ,भालु,लोख्रके,ब्यांसो,मौरि,घारे,गडौला, प्रकृतिले त्यसै सिर्जना गरेको हैन । यउटा पारिस्थितिक प्रणालीलाई कायम राख्न पनि प्रकृतिले मानवलाई प्रेम गरेर दियको वरदान हो ।
#जय बर्दिवास




