धनुषाको बटेश्वर गाउँपालिका वडा नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा समिति गठन गरिएको छ।
मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टी को वडा भेला बाट श्रवण कुमार सिंह को सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ।
कार्यक्रम राश्वपाको बटेश्वर गाउँपालिका सभापति मदन बि क को अध्यक्षता तथा केन्द्रीय विभागीय नेता राज किशोर महतो को प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नव गठित समितिको कार्यकालको सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा जिल्ला सभापति चन्देश्वर यादव, जिल्ला सचिव रमेश पहाडी लगायत बिशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।





