
महोत्तरी- जलेश्वर नगरपालिका ३ खैरास्थितबाट लागु औषध सहित एक युवक प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामढी, श्रीखण्डी भिठा थाना सुरसण्ड बस्ने ४५ वर्षीय बिनय कुमार मुखिया रहेको प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ट नायव निरिक्षक जय प्रकाश साहको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई रोकेर चेकजाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट नाईट्रोभेट १५०० पिस बरामद भएको छ ।
पक्राउ परेका मुखियालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ ।