
जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक पटक विश्वासको मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
आज आइतबार सदनमा उपस्थित १०४ सांसद मध्ये मुख्यमन्त्रीको पक्षमा ६९ ले मत दिए भने विपक्षमा ३५ मत परेको छ ।
गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपरेको हो।मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।
यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् ।