जनकपुरधाम- लोसपाका धनुषा तथा मधेश प्रदेशका अगुवा नेताहरुद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् ।
समाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै १४ जना नेताहरुले लोसपा सहि तरिकाबाट चल्न नसकेको र नेतृत्व प्रभावकारी नभएको भन्दै केन्द्रिय देखि जिल्ला तहका गरि १४ जना नेताहरुले हस्ताक्षर गरि सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको हो ।



पार्टी परित्याग गरेकाहरुमा रमण पाण्डे, संजय कुमार सिंह, संजय कुमार चौधरी, कामेश्वर झा सहित १४ जना छन् ।





