महोत्तरी,(औरही )- औरही नगरपालिका वडा नम्बर २ मा रहेको चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमी बिधालयमा मंगलवार एक कार्यक्रमको आयोजना गरि दादुरा-रुबेला खोप अभियानको दोस्रो चरणको अभियान उदघाटन गरिएको छ। महोत्तरीको औरही नगरपालिका,गौशाला नगरपालिका,बलवा नगरपालिका,बर्दिवास नगरपालिका,भंगहा नगरपालिका,रामगोपालपुर नगरपालिका,सम्सी गाउपलिका र सोनाम गाउपलिकाहरुमा एकै साथ दोश्रो चरणको दादुरा–रुबेला बिरुद्धको खोप दिन सुरु गरिएको छ ।
‘नेपालबाट दादुरा–रुवेला खोप पुर्णरुपमा निवारण गरौं’ भन्ने नाराका साथमा स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियान अन्तर्गत आज मंगलवारबाट महोत्तरी जिल्लाको ८ ओटा पालिकाहरुमा दोश्रो चरणको दादुरा–रुवेला बिरुद्धको खोप दिन सुरु गरिएको हो। गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आजदेखि चैत्र ७ गतेसम्म देश व्यापी रूपमा सो खोप अभियान ल्याएकाे छ ।
राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा-रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ । पहिलो समूहमा दादुरा-रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख गरिएको छ ।
यस अभियान अन्तर्गत ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुका लागि दादुरा-रुबेला खोप दिइने जनाइएको छ। अभियान संचालन गर्नु अघि आयोजित समारोहलाई सम्बोधन गर्दै औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काले आफ्नो नगरमा यस अभियानलाई सशक्त रुपमा लैजाने बताए। । उनले अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिका लागिपरेको बताउँदै आफ्नो भुमिकामा कहि कतै नचुकी आफ्नो कर्तव्य पुरा गर्ने बताए । उनले अभियानलाई सफल पार्न स्थानीय सरोकारवाला पक्ष तथा आम सञ्चार माध्यमको पनि अमुल्य भुमिका रहेको हुँदा सञ्चारकर्मीले पनि आ-आफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरे ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै खोप अभियान अन्तर्गत औरही नगरपालिका भित्र करिब १४ हजार ३ सय २२ बाल बालिकाहरुलाई दादुरा रुबेला खोप दिइने औरही नगरपालिका स्वास्थ्य शाखा कार्यालयका प्रमुख चन्द्र भुसन ठाकुरले जानकारी दिए । फाल्गुन १५ गते मंगलवारका दिन औरही नगरपालिकाको सभाकक्षमा दादुरा रुबेला खोप अभियानबारे १ दिने अभिमुखिकरण कार्यक्रम गर्नु भएको थियो सो कार्यक्रममा वडा १ देखि ९ सम्मका वडा अध्यक्षहरु,औरही नगरपालिका भित्र रहेका सामुदायिक बिधालयका प्रधानाध्यापकहरु,निजि बिधालयका,प्रधानाध्यापकहरु,धार्मिक बिधालयका प्रधानाध्यापकहरु,प्रहरी,वडा सचिव,स्वास्थ शाखाका कर्मचारीहरु, पत्रकार, लगाएत औरही नगरपालिकाका स्वास्थ्यकर्मी विभिन्न शाखाका कार्मचारीहरु सित छलफल समेत गरिएको थियो ।
आज मंगलवार २२ देखि सुरु भएको खोप अभियान २९ गतेसम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ठाकुरले जनाए। खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए । “खोप पूणर्रुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूणर् बालबालिकाहरुलाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, ठाकुले भने, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकाहरुलाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।” सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरेको हो । औरही नगरपालिकाको ९ वटै वडामा खोप केन्द्रबाट खोप दिइने छ ।
साथै ११५ जना कर्मचारी खटिएको छ ,११ जना सुपर भिजनका लागि कर्मचारी खटिएको छ र १६२ जना स्वयम् सेवक सबै वडामा स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् । औरही नगरपालिका स्वस्थ्य शाखाद्वारा अभियान संचालन गरिएको कार्यक्रमको अध्यक्षता महोत्तरी जिल्ला स्वास्थ प्रमुख सुनिता गुप्तामा र प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्णको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि अभियाना.थालिनी गरिएको हो ।
कार्यक्रममा बिशिस्ट अथिति नगर प्रमुख प्रदिप कुमार खड्का,नगर उपमेयर रेनु झा, अथिति प्रमुख जिल्ला अधिकारी शिवराम गोलाल,स्वास्थ महाशाखा प्रमुख इन्द्र कुमार रजक,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,औरही नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्ण,वडा १ का वडा अध्यक्ष योगी चौधरी स्थानीयराजनीतिकर्मी,स्थानीयहरु लगायत बिधार्थी र शिक्षकहरुको उपस्थितमा प्रमुख अतिथि, बिशिस्ट अथिति र अथितिहरु मिलेर बालबालिकालाई खोप लगाएर शुभारम्भ गरिएको थियो।