धनुषा – २२ औं अन्तराष्ट्रिय अप्रवासी दिवशको अबसरमा बैदेशिक रोजगारी र युवा पलायन बिसयमा पाइनल डिस्कशन सम्पन्न भएको छ |
बुधवार नगराईन नगरपालिका र मुखियापट्टि मुसर्निया गाउपलिकामा बेरोजगारीको कारण युवा वैदेशिक रोजगारीमा जानु परेको वक्ताहरुले बताएका छन |
युवाहरुको इच्छालाई मध्य नजर गरि आउने नगर सभाबाट युवा संजालको लागि नीति तथा कार्यक्रम ल्याउने मेयर बिनय कुमार यादव बताउनु भयो | युवा संजालले ल्याउने युवा नीतिलाई कार्य पालिका बाट अनुमोदन गरिनेछ साथै युवा संजालको दर्ता प्रक्रियामा पहिला बिधान अध्ययनको हामीलाई पनि एक प्रति उपलब्ध गराउन मेयर यादवले आग्रह गर्नु भयो | बैदेशिक रोजगारीमा युवाहरुको पलायन रोक्न वडा स्तरबाट शिप मुलक तालिम र रोजगारी मुलक कार्यक्रम ल्याउने प्रतिबध्ता वडा अध्यक्ष सूर्यनारायण साहले ब्यक्त गर्नु | वैदेशिक रोजगारीमा गएका युवाहरु भोग्नु परेको समस्या र निदान तथा बच्ने उपाय सम्बन्धि बिसयमा रेमि कार्यक्रम अधिकृत रामकुमार कर्णले बताउनु भयो | युवा तथा विद्यार्थीहरुको लागि शिपमुलक तथा प्रबिधिक शिक्षामा जोड दिनु भयो |




यस्तै आज कै दिन बिहान मुखियापट्टी मुखिया पट्टि मुसर्निया गाउपलिकामा पनि बैदेशिक रोजगारी र युवा पलायन बिसयमा पाइनल डिस्कसन भएको थियो | पालिका अध्यक्ष जय कुमार यादवले युवा हरु लागि बिशेष योजना हरु ल्याउने प्रतिबध्ता ब्यक्त गर्नु भएको छ | आह १८ डिसेम्बर अप्रवासी दिबशको अबसरमा दुवै पालिकामा पाइनल डिस्कसन गरिएको हो |
उक्त कार्यक्रमहरुमा नगराइनमा संजाल को अधयक्ष अमृत राउतको अध्यक्षता र मुखियापट्टि मुसर्निया युवा संजालको अध्यक्ष पप्पु राम गरेको थियो । पत्रकार अनितेश यादव बैदेशिक रोजगारीको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।

पाइनल डिस्कसनमा कार्यक्रम माथि प्रकाश तथा संस्था तथा परियोजना र अचारसंहिता को बारेमा सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले गर्नु थियो भने कार्यक्रममा युवा संजाल तर्फ बाट अमृत राउतले नगराईनमा र प्रियंका यादवले मुखियापट्टि मुसर्निया मा सहजीकरण गर्दै संचालन प्रश्न गर्दै बक्ताहरुलाई सवाल जवाफ गरेका थिए भने सहभागीहरु मध्ये ४ जना ले बक्ताहरु लाई प्रश्न गरेका थिए र बक्ताहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।




