महोत्तरी- गौशाला नगरपालिका वडा नम्बर ५ जिरो माईल चौकमा अन्दाजी २ वर्ष उमेरका एक बालक फेला परेका छन् । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार मंगलबार साँझ ६ बजेको समयमा ती बालक फेला परेका हुन् ।
आफ्नो नाम गाना,बाबु आमाको नामथर बताउन नसक्ने बालक फेला परेको र हालसम्म कोही कसैले बालक हराएको भनि जानकारी नगराएको प्रहरीले जनाएको छ ।




स्पष्ट बोल्न नसक्ने फोटोमा देखिएका बालक फेला परेका हुँदा निज बालकलाई चिन्नुहुनेले ईलाका प्रहरी कार्यालय गौशाला वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।




