धनुषा - विश्वकै लामो धार्मिक पद यात्राको रुपमा रहेको मथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा र्दुइदिन मास मदिरा विक्रीवितरण प्रतिबन्ध हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले परिक्रमा अन्तर्गत धनुषाको पडाव स्थलहरुमा दुई दिन माछामासु, मदिरा विक्रीवितरण तथा पशुपंक्षी काटमार निषेध गर्ने निणर्य गरेको हो ।
बैठकले परिक्रमामा डिजे बाजामा धार्मिक गीत बाहेक बजाउन नपाउने लागयतको आठ बुँदे निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
‘परिक्रमा क्षेत्रमा परापूर्वकाल देखि चलि आएको परिक्रमा पर्वलाई व्यस्थित समाचार गर्न गराउनका लागि प्रत्येक पडावस्थलमा पवित्र डोला विश्राम हुने भएकाले पडावस्थलहरु र सोको १ किमी वरपरको क्षेत्रमा २४ घण्टा अगावै देखि ४८ घण्टाको लागि माछा मासु बेचबिखन पशुपक्षी काटमार र मदिरा विक्रि वितरण तथा सेवन गर्न निषेध गर्ने‘’ आज बसेको सुरक्षा निकायसहितको बैठकले गरेको निणर्यमा उल्लेख छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले परिक्रममाको क्रममा चर्को आवाजमा धार्मिक बाहेकका गीतहरु डिजे बजाउन निषेध गर्ने लगायतको निणर्य भएको बताए ।
प्रजिअ पाण्डेका अनुसार परिक्रमा मार्गमा पर्ने स्थानीय पालिकाहरुलाई समन्वय गरी स्वास्थ्य, विद्युत, खानेपानी टेलिकम, सड़क, ट्राफिक लगायत व्यवस्थापन गर्ने, सहभागि डोलाहरु निर्धारित स्थान र समयबाट प्रस्वान भइसकेपछि परिक्रमा मार्गमा विगतदेखि चलि आएको परम्परा अनुसार व्यवस्था मिलाउन जनकपुर क्षेत्र विकास परिषद्ले समन्वय गर्ने, परिक्रमा अवधिभर सुरक्षा निकायबाट समन्वयात्मक रुपमा सुरक्षा योजना बनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लगायतको निणर्य गरिएको हो ।
अगामी फागुन २७ गतेदेखि धनुषाको मिथिला बिहारी नगरपालिका कचुरिबाट सुरु हुने तयारी छ ।
फागुने औशीदेखि पुणर्िमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु-भागको यात्रा गरिन्छ । जसमा हजारौं श्रद्धालु भाग लिने गर्दछन् ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।
नेपाल- भारत बिचको सदियौ देखि रहिआएको मधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाले सेतुको भूमिका खेल्छ ।मध्यमा परिक्रमा नेपाल र भारतका हजारौं श्रद्धालुहरुले भाग लिने गर्दछन् ।




