भैरहवा- रुपन्देही प्रहरी ले विभिन्न ठाउँ वाट भारत वाट नेपाल तर्फ भंसार छलि चोरी पैठारी गरि ल्याउँदै गरेको विभिन्न सामान हरु बरामद गरेको छ। प्रहरी ले सम्मरीमाई गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, बुटवल उप-महानगरपालिका र मायादेवी गाउँपालिका वाट अनुमानित मुल्य १२ लाख ८४ हजार ४ सय को कपडा,जुत्ता-चप्पल, हुक्का को फ्लेवर लगायत को सामान हरु बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले बिहिवार सम्मरीमाई गाउँपालिका वडा नं ७ हर्दि वाट लु १ प १५९० नम्वर को पिकअप गाडी मा भंसार छलि गरि ल्याउँदै गरेको ७ कार्टुन जुत्ताचप्पल र सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपास वाट साईकल मा ल्याउँदै गरेको ५६ के.जी तामा बरामद गरेको छ। बरामद गरिएको गाडी र सामान को अनुमानित मुल्य १० लाख ५० हजार रहेको प्रहरी ले जनाएको छ।



ईलाका प्रहरी कार्यालय बेलहिया वाट खटिएको प्रहरी टोली ले बिहिवार सिद्धार्थनगर नगरपालिका वाईपास वाट अनुमानित १७ हजार मुल्य को झाडु ५९ थान, हर्वल न्युट्रेशन फार्मुला ३ पिस र वडा प्रहरी कार्यालय भैरहवा वाट खटिएको प्रहरी टोली ले वुधवार ओमसतिया गाउँपालिका वडा नं २ पडसरी पुनमपथ वाट वेवारिसे अवस्था मा अनुमानित ६८ हजार ५ सय रुपैयाँ को ७५ पिस साडी वरामद गरेको छ।
प्रहरी विट वसपार्क बुटवल वाट खटिएको प्रहरी टोली ले वुधवार बुटवल उप-महानगरपालिका वडा नं ९ वसपार्क वाट निलो हुक्का फ्लेवर अनुमानित मुल्य ९८ हजार ६ सय को ८२३ थान बरामद गर्नु को साथै प्रहरी चौकी शिवपुर गोनाहा वाट खटिएको प्रहरी टोली ले बिहिवार मायादेवी गाउँपालिका वडा नं ५ लुथुवा वाट अनुमानित ५० हजार ६०० रुपैँया वरावर को ३१ थान साडी, लेहेगां ६ पिस र कुर्ता सुरुवाल १७ पिस बरामद गरेको छ।
बरामद गरिएको सम्पुर्ण सामान हरु को साथै तस्करी मा प्रयोग गरिएको गाडी र साईकल थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




