
महोत्तरी- ''सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नाराका साथ बिद्यार्थी भर्ना अभियान-२०८२ आज देखि मटिहानी नगरपालिकामा सुरु गरिएको छ ।
उक्त भर्ना अभियान अन्तर्गत आज बिहान मटिहानी नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक बिद्यालयहरुले रयाली निकाली अभिभावक तथा बिद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मटिहानी नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण समुदायिक विद्यालय, मदरसा लगायतका धार्मिक विद्यालयहरूले आफ्नो सेवा क्षेत्रभित्रका विद्यालय पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुलाई आफ्नो घर पायक पर्ने विद्यालयमा शैक्षिक सत्र २०८२ मा नामांकन गराई पठनपाठन नियमित गर्न प्रोत्साहन तथा जानकारी गराउने उद्देश्यले आज बिहान विद्यार्थी भर्ना अभियान सम्बन्धी रयाली र अभिभावक विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको कुरा पालिकाका शिक्षा संयोजक श्रीष कुमार मिश्राले बताउनुभयो ।

उक्त विद्यार्थी भर्ना अभियान सम्बन्धी रयाली र अभिभावक विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रममा वड़ा अध्यक्ष,वड़ा सदस्य लगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत शिक्षक,शिक्षिका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।