अमित ठाकुर,रौतहट – रौतहट जिल्लाको सदरमुकाम गौरमा पहिलो पटक शनिवार देखि पालिका कप क्रिकेट प्रतियोगित सुरु भएको छ।
सो प्रतियोगिताको उदघाटन नगरपालिका महासंघको अध्यक्ष भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र गौर नगरपालिकाका मेयर शम्भु साह, गरुडा नगरपालिकाका मेयर कन्थमुनि जयसवाल, दुर्गाभगवती गाउँपालिकाका प्रमुख शम्भु सिंह सहित १७ वटै पालिकाका मेयरहरुको उपस्थितिमा भएको थियो ।




उद्घाटन खेलमा दुर्गाभगवती गाउँपालिकाले टस हारेर पहिलो ब्याटिंग गरेकोमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १२९ रन बनाएका थिए । दुर्गा भगवतीका लागि जगरनाथ दासले ३८ बलमा ४ चौका र तिन छक्काको मद्दतबाट ४६ रन बनाएको थियो भने सुरज मिश्रले १७ बलमा दुई चौका र १ छक्काको मद्दतबाट २१ रन, सन्दीप साह १७ रन, राजिव झा १५ बनाएर चन्द्रपुरलाई जित्नका लागि १३० रनको लक्ष्य दिएको थियो ।
दुर्गा भगवतीले दिएको रन टार्गेटलाई पुरा गर्न चन्द्रपुर मैदानमा ओर्लिदा खासै राम्रो प्रदर्शन गर्न सकेनन अन्ततः ३५ रनले हार बेहोरे ।
चन्द्रपुरका लागि सर्वाधिक दानिश अहमदले ३६ बलमा ३० रन बनाए भने मुस्ताक मल्लिकले १७ र सुशान्त थापाले १३ रन बनाए भने अन्य कुनैपनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न नसक्दा ९५ रनमा अलआउट भएपछि ३५ रनले हार बेहोर्नु परेको रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्देवालले जानकारी दिए ।

दुर्गा भगवतीका आशिक झाले ४ ओभरमा १ मेडन राख्दै १३ रन दिई ४ विकेट, पवन पासवानले ३.३ ओभरमा १२ रन दिएर ३ विकेट र आदित्य झाले ३ ओभरमा २१ रन दिई २ विकेट र यस गुप्ता, श्याम सिंहले क्रमश एक एक विकेट लिएर चन्द्रपुरलाई ९५ रनमै सिमित गर्दै पालिका कपको उदघाटन खेल दुर्गा भगवतीले विजयी सुरुआत गरेको प्रेस संयोजक टिब्डेवालले बताए । दुर्गा भगवतीले ९५ रनमा २६ रन एक्स्ट्रा रन दिएको थियो ।

चन्द्रपुरका लागि अस्चल चौधरी ३, मोहन घिमिरेले २, सुशान्त थापा, रिजवान अहमद र मुस्ताक आलमले क्रमश एक एक विकेट लिएको थियो ।सो पालिका कपको पहिले चरणको म्याचमा १८ वटै पालिकाले लिग म्याच खेल्ने छन्। जस मध्ये ६ वटा टिम रनरेट र प्वाइन्टको अधारमा बाहिरिने छन्। त्यस पछि पुण्ह ग्रुप निरधारण हुने छन्।

ग्रुप A,B,C मा चार-चार वटा पालिका टिमले खेल्ने छन्। जस मध्ये ६ वटा पालिका टिम बाहिरिने छन्। त्यास पछिको म्याचमा ग्रुप A र B निर्धारण हुनेछन्। जस्मा ३-३ वटा पालिका टिम सहभागी हुने छन्। ग्रुप A र B बाट तीन वटा पालिका टिम बाहिरिने छन्। अन्तय ३ वटा टिमले लिग म्याच खेली फाईनलमा २ वटा पालिका टिमले भिड्नेछन् ।




