महाेत्तरी – महाेत्तरीमा २० हजार घुसको रकम सहित एक प्रहरीको असई र एक हवलदारलाई रंगे हात पक्राउ गरिएको छ। गाैशाला नगरपालिका १२ स्थित प्रहरी चाैकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरिक्षक शर्मा प्रसाद यादव र हवल्दार मंजित कुमार झालाई २० हजार रकम सहित रंगे हात पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासका अनुसार गाैशाला नगरपालिका १२ स्थित गैरीटाेल भन्दा पुर्व उतरपट्टी मुसहर बस्ती जाने बाटोमा उभिरहेकाे अवस्थामा गाेप्य सुचनाकाे आधारमा चेकजाँच गर्दा हवल्दार मंजित कुमार झाकाे पकेटबाट २० हजार रकम फेला परेपछि पक्राउ गरेको अख्तियारकाे कार्यालयले जनाएको छ ।



उनिहहरुलाई जग्गाको भाेग चलन सम्बन्धि विवाद मिलाई दिन्छु भन्दै सेवाग्राहीसंग लिएको २० हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियारकाे कार्यालयले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेकाे अख्तियारका कार्यालय बर्दिवासले जनाएको छ।




