जनकपुरधाम। नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान जारी रहेको छ ।
शुक्रवार बिहान ११ बजेदेखि सुरु भएको दोस्रो चरणको मतदानमा अहिले सम्म करिब ७० प्रतिशत मतदान भईसकेको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।उनले ४ बजे मतदान गर्ने समय सीमा तोके पनि एक तल माथि हुने सक्ने बताउँदै ५ बजे सम्म मतदान सम्पन्न हुने सम्भवाना रहेको बताए ।
जनकपुृरधामको ऐतिहासिक स्थल तिरहुतिया गाछीमा व्यवस्थित तरिका भईरहेको मतदानमा धनुषाको ४ निर्वाचन क्षेत्रको लागि छुट्टाछुट्टै लाईन र अपांग, असक्त र जेष्ठ नागरीकहरुको थप एक छु्ट्टै लाईन बनाइएको छ।
कुल ३ हजार ५१ मतदाता रहेको अहिले सम्म २ हजार बढी मतदाताले आफ्ना मत खसाइसकेको निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान बिहीबारको लागि तय गरिएको थियो तर, बिहीबार निर्वाचन हुन नसक्दा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार शुक्रबारको लागि मतदान सारिएको थियो ।
दोस्रो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट सन्तोष यादव र विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार चुनावी मैदानमा रहेका छन् ।
डा शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद प्रसैला भने पहिलो चरणको निर्वाचन पश्चात बाहिरिएका हुन् । उनले दोस्रो चरणमा निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गरेको छ ।




