महोत्तरी - मटिहानी नगरपालिका वडा नं. ६ मा रहेको ठठेरी जातीको लागि ११ लाख ५४ हजरमा निर्माण गरिएको सामुदायिक भवन र वडा नं. ७ मा रहहेको पासमान जातीको लागि १२ लाखमा निर्माण गएको नव-निर्मित दुई ओटा सामुदायिक भवनको मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डल र नगर उपमेयर मन्जु देवी साहद्वारा संयुक्त रुपमा समुद्घाटन सु-सम्पन्न भयो ।

नव-निर्मित दुई ओटा भवन मटिहानी नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत निर्माण भएको हो । उक्त कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षकलीम अंसारी र जितनारायन माझी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।





