महोत्तरी – मधेशका लोकप्रिय फलमध्ये एक आँप पनि एक हो। आँप स्वाद र स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ । आँपको बोट रुखमा लागेपछि मन्जरी फुल( बतिया) देखेर किसानवर्गमा छुट्टै उमङ्ग साथै हर्षित भएका छन। यतिबेला तराई मधेशका जिल्लाहरुमा आँपका विरुवामा मजरी आएको र आँप खेतीका लागि महोत्तरी,सर्लाही,धनुषा,सिरहा,सप्तरी पनि प्रख्यात छन्। आँपको विरुवामा मन्जरी आएपछि तराई मधेशका किसान हर्षित भएको छ।
यसपालि रुखमा पात ढाक्नेगरि मजर लागेपछि आँप उत्पादनमा वृद्धि हुने औरही नगरपालिका २ औरहीका एक वृद्धि रामनन्दन यादवले अनुमान गरेका छन। अर्कोतिर अकाशे पानीको चिन्ता पनि लागिएको पानी परेपछि मन्जरी कालो भई झर्ने डर पनि छ। विभिन्न किसिमका आँपहरु जस्तै मालदह, दसहरी , सपेताह , बमई लगायतका आँपको स्वाद पनि बेग्लै हुन्छ। तराईका आँपका फुलबारी यतिबेला सुग्न्धित लाग्न थालेको छ।



आँप खानले धेरै किसिमको रोग पनि सन्चो भएको छ। आँपको आफ्नै अलौकिक विशेषता हुन्छ । औरही नगरपालीक २ औरहीका किसान दिनेश यादव सँगको आजको कुराकानीमा मजरमा किरा लागेपछि किसानलाई सर्वप्रथम गटर मेशिनद्वारा औषधि छर्नुपर्ने बताए । उनका अनुसार हावाहुरी,पानीले मन्जरीलाई धेरै क्षति गर्ने भएकोमा अहिलेसम्म हावापानी चलेको पाइदैन ।
यो सँगै आँपका जोन मानिएको महोत्तरी,सर्लाही,धनुषा,सिरहा,सप्तरी, जिल्लाबाट उत्पादन भई नेपालका विभिन्न भु-भाग तथा अन्तर्राष्ट्रिय बजारमा आयातनिर्यात हुने गर्छन।





