भैरहवा- सवल सहकारी को दुरदर्शिता स्वच्छता र पारदर्शिता भन्दै भैरहवा मा शुक्रवार र शनिवार दुई दिन सहकारी नेतृत्व विकास तालिम सम्पन्न भएको छ। स्थानिय सहकारी प्रवर्दन तथा संस्थागत सुद्दढीकरण साझेदारी कार्यक्रम अन्तर्गत सिद्धार्थनगर नगरपालिका र सिद्धार्थनगर सहकारी संजाल समिती को आयोजना र राष्ट्रिय सहकारी वैंक, भैरहवा शाखा को सहकार्य मा तालिम संपन्न भएको छ।

तालिम मा सिद्धार्थनगर नगरपालिका भित्र का शुक्रवार १५ र शनिवार १० सहकारीका गरि कुल १२० जना सहकारी संचालक सदस्य हरु को सहभागिता रहेको छ। सिद्धार्थनगर सहकारी संजाल को अध्यक्ष कुल प्रसाद न्यौपाने को अध्यक्षता र प्रमुख अतिथि मा सिद्धार्थनगर नगरपालिका का उप-प्रमुख उमा अधिकारी को उपस्थिती रहेको छ । तालिम को प्रशिक्षक सहकारी विज्ञ चन्द्रकान्त भट्टराई, सहकारी विज्ञ को साथै जनउत्थान सहकारी का व्यवस्थापक रन वहादुर थापा र सिद्धार्थनगर नगरपालिका का सहकारी शाखा प्रमुख कमलकान्त खनाल रहेका छन् ।
सिद्धार्थनगर नगरपालिका की उप-प्रमुख एवं कार्यक्रम का प्रमुख अतिथि उमा अधिकारी ले 'हाम्रो नगरपालिका, हाम्रो सहकारी, हाम्रो दायित्व' को मर्म वुझेर काम गरे सहकारी मा समस्या नआउने र १-२ वर्ष यता सहकारी लाई नराम्रो दृस्टिकोण ले हेर्ने गरिए पनि नगर भित्र का स्थानिय सहकारी हरु मा खासै समस्या नभएको जनाएकी छिन्। पैसा को मुख कालो हुने हुनाले लगानी गर्दा सधै सतर्क रहन पनि अधिकारी ले अनुरोध गरिन्।

सिद्धार्थ नगर सहकारी संजाल को अध्यक्ष कुल प्रसाद न्यौपाने ले संजाल को स्थापना सहकारी को हित मा सधै काम गर्न, सहकारी लाई आईपरेको समस्या मा सहकार्य गर्न र सहकारी सदस्य को माग अनुसार समय समय मा तालिम दिई राख्ने बताएका छन् । कार्यक्रम संचालन संजाल का उपाध्यक्ष राजेन्द्र श्रेष्ठ ले गरेका थिए।




