काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन् ।
बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



मन्त्री महासेठ छानबिनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए । उनले दोषी जो कोही भएपनि कारबाहीको दायरामा आउने जानकारी दिए ।
‘छानबिन जारी छ । जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ । कुनै चान्स छैन । जो सुकै होस् । यो गठबन्धन बाँकी समय सबै जान्छ ।’ महासेठले भने ।
गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको बताए । प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको उनको भनाई छ ।




