जनकपुरधाममा विधार्थीहरुको एक समुहले रक्तदान कार्यक्रम गरेका छन्। मोडेल मल्टिपल कलेज जनकपुरधाममा अध्ययनरत विधार्थीहरु, अध्यापन गराउदैं आएका शिक्षकहरु सहित जम्मा ८३ जनाले रक्तदान गरेका हुन्।
बिहिबार मोडेल मल्टिपल कलेज जनकपुरधामको आयोजना तथा ब्लड फर नेपालको सह-आयोजनामा जनकपुरधाम उपमहानगरपालिका -४ स्थित क्यापसको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कुरा कार्यक्रमका संयोजक संजय साहले बताए। उनका अनुसार कलेजमा “ब्लड फर नेपालले रक्तदान सम्बन्धि जनचेतनामुलक कार्यक्रम लिएर आएका थिए”। धेरै विधार्थीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए। सहभागी विधार्थीहरुलाई रक्तदान सचेतना सम्बन्धी कार्यक्रमले पक्कै प्रभावित पारेको थियो। फलस्वरूप : आज यस क्याम्पसका ८३ जनाले रक्तदान गरेर धेरै ठुलो काम गरेको बताउनुभयो। सम्भवतः जनकपुरधाममै पहिलो पल्ट यति धेरै विधार्थीहरुले सामुहिक रुपमा रक्तदान गरेको ,यो पहिलो नै होला भनेर जिकिर गरे।



‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको र अबको आउने दिनमा प्रतेक वर्ष स्नातक चौथो वर्षको विदाइ गर्नु भन्दा अगाडि हाम्रो कलेजले रक्तदान कार्यक्रम राख्ने मोडेल मल्टिपल कलेजका संस्थापक बिरेन्द्र साहले बताउँछन्।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा ब्लड फर नेपालबाट विकास साह,सोनाली साह,अमित यादवले सहजिकरण गरेका थिए।
ब्लड फर नेपाल विगत लामो समयदेखि रगतको विषयमा काम गरिरहेको र विधालय – विधालयमा रगत को विषय,रगतको महत्व र रगत बारे बिधमान अवस्थाहरु बारे जानकारी गराउदै जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ। रगतको आपुर्ती हुन नदिन र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर देशका विभिन्न ठाउँहरूमा ब्लड फर नेपालले समुह बनाएर काम गर्दै आएको छ। उक्त कार्यक्रमले विधार्थीहरुमा सकरात्मक परिवर्तन देखिन थालेको ब्लड फर नेपाल धनुषाका संयोजक भवानीप्रसाद साह बताउँछन्।




