जनकपुरधाम- सिरहाको कसहा बजारमा आयोजित रक्तदान कार्यक्रममा स्थानिय २० जनाले रक्तदान गरेका छन्।
शनिबार धनगढीमाई युवा सञ्जालको आयोजना तथा ब्लड फर नेपालको सहयोगमा जिल्लाको धनगढीमाई नगरपालिकास्थित कसहा बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रममा स्थानिय २० जना पुरुषले रक्तदान गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी लाहन उप-शाखाको प्राविधिक सहयोगमा रखिएको सो कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

"रगतका कुरा लिएर विधालय - विधालयमा जान्छौं। " विस्तारै विस्तारै विधार्थीहरु पनि सचेत हुदै गएको वल्ड फर नेपाल सिरहा टिमका संयोजक संतोष यादब बताउँछन्। उनका अनुसार समाजिक क्षेत्रमा काम गर्ने युवा क्लब, सञ्जाल सँग मिलेर गाउँ -गाँउमा समेत रक्तदान कार्यक्रम गर्नुपर्ने र रक्तदान सम्बन्धि कार्यक्रमहरु थौरैमा भएतापनि बर्षमा एक पटक सबै संस्थाले गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे।

ब्लड फर नेपाल विगत लामो समयदेखि रगतको विषयमा काम गरिरहेको र विधालय - विधालयमा रगत को विषय,रगतको महत्व र रगत बारे बिधमान अवस्थाहरु बारे जानकारी गराउदै जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ। रगतको आपुर्ती हुन नदिन र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर देशका विभिन्न ठाउँहरूमा ब्लड फर नेपालले समुह बनाएर काम गर्दै आएको छ।




