महोत्तरी – औरही नगरपालिकामा “मधेस होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरु लगायत अन्य दलका नेता, कार्यकर्ताहरुले एक मन्चमा एक साथ होली पर्व २०८० को शुभकामना आदान प्रदान शनिवार सम्पन्न भएको छ।

औरही बजारमा रहेको हनुमान मन्दिर अगडी भव्य रुपमा मनाइएको उक्त लाेसपा नेपाल लगायत अन्य दलका नेताकार्यकर्ताहरुले एक आपसमा रङ दलेर होली पर्व मनाए। पात्रो अनुसार पहाडमा आईतवार र तराईमा सोमवार होली पर्व मनाइने भएपनि होली पर्वको पूर्वसन्ध्यामा शनिवार नगर भित्र रहेका नेता र कार्यकर्ताहरुले होली पर्व मनाएका हुन् ।




होली कार्यक्रमको अध्यक्षतामा लोसपा नेपालका औरही नगर कार्य समितिका सभापति दरेश यादव, प्रमुख अथिति महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण, बिशिस्ठ आथिति औरही नगरपालिका नगर प्रमुख प्रदिप खड्का,उप प्रमुख रेणु झा लगायत स्थानीय ब्यापारी र युवा वर्गहरु सहितकाे सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित भएका सबै नेताहरुले होली पर्वको शुभकामना आदान प्रदान गरेका थिए।

समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजा सहित हाेली गीत पनि गाइएको थियो ।




