महोत्तरी – मंगलवार बिहान परेको असिनापानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बालीमा क्षति पुर्याएकाेछ। पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई क्षति पुगेको हो ।
जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गर्दछन् । औरही नगरपालिका,गौशाला नगरपालिका,रामगोपालपुर नगरपालिका र सोनाम गाउपलिका सहीत महोत्तरी जिल्लामा असिनाले बालीमा क्षति पुर्याएको औरही नगरपालिका २ का घनश्याम यादवले जानकारी दिए ।



हावा हुरीसँगै परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई नष्ट पारेको स्थानीय दिपेन्द्र यादवले जानकारी दिए । ती नगरपालिकामा गहुँबाली बढी उत्पादन हुने गर्दछ । बीउ उत्पादनका लागि लगाइएको गहुँ बालीमा क्षति पुगेको भंगहा नगरपालिका ७ का विजय साहले बताए ।
जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्म गहुँबाली पाक्ने गरेपनि औरही,सोनाम सहितका स्थानीय तहमा चैतको अन्तिममा नै काट्न थाल्ने गरेका छन् । यस अघि आएको हावापानीले पनि औरही नगरपालिका र गौशाला नगरपालिका क्षेत्रमानोक्सानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।




