जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका–२५ अन्तर्गत लोहनामा जमुनी कटहा सिचाई कृषि सडकको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बिहीवार जमुनी कटहा सिचाई कृषि सडकको शिलान्यास गरेका हुन् । सो अवशरमा नगर प्रमुख साहले आफूले जनताको सेवा गर्ने अवसर पाएको र नगरको अनुहार फेर्छु बताए । नगरको विकासका लागि मैले प्रतिवद्धता गरे अनुसार अगाडि बढने बताउंदै उनले फोहरमैलाको व्यवस्थापन चाडै गरिने जानकारी दिए । उपमहानगरपालिका क्षेत्रमा समेत कृषिलाई विशेष प्राथमिकता दिईने उनले बताए । सिचाई र सडकले कृषकलाई सहज हुने र कृषि क्षेत्रको विकासमा समेत टेवा धारणा राखे ।
उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुग्ने सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको जमुनी कटहा सिचाई आयोजना बहुअर्वा धनुषा समितिका अध्यक्ष प्रवेश चौधरीले बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २५ का वडाध्यक्ष चन्देश्वर साह , पूर्व सचिव गजेन्द्र ठाकुर , पूर्व गाविस अध्यक्ष बिनोद ठाकुर , मो.शोयब रेजा , मो.कैस , मो.शेख हसन े उपस्थिति रहेको थियो ।