महोत्तरी - नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल क्रान्तिकारी जलेश्वर नगरपालिका का नगर अध्यक्ष शौरब शर्मा सहित संगठनका ५१ जनाले साधारण सदस्य नरहनेगरी सामुहिक राजीनामा दिएका छन।
अखिल क्रान्तिकारी जलेश्वरका नगर अध्यक्ष शौरब शर्माले प्रयोग गर्ने समाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेखि राजीनामा गरेको जनाएका हुन ।
देश र जनताको सरोकार भएको विषयलाई लिएर सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन सड़क तत्ताउने अहोरात्र खट्ने हामी युवा पुस्ताले संगठनकै क्रियाकलापले गर्दा चिंतित हुनुपर्ने अवस्था देखेर राजीनामा गर्ने निर्णय लिन बाध्य भएको उनले जनाएका छन ।
नेकपा माओवादी नेतृत्वको सरकार केन्द्रमा रहिरहदा पनि देशको अवस्थामा कुनै सकारात्मक परिवर्तन नभएको उनले दाबि गरेका छन। एउटा संगठन बाट बाहिरिएपनि भ्र्ष्टाचार विरुद्ध लड्ने लड़ाई,युवा विद्यार्थी तथा किसानका समस्या प्रति सम्पूर्ण साथी आवाज बुलन्द गरी संघर्ष गरीरहने प्रतिबद्धता व्यक्त गर्दै समाजिक सञ्जालमा " म शौरब शर्मा नेकपा माओवादीका निकट जनवर्गीय संगठन अखिल क्रान्तिकारीको ५१ सदस्य सहित साधारण सदस्य समेत नरहने गरी राजिनामा दिँदैछु साथै हाम्रो देशमा भइरहेको भ्रष्टाचार अन्याय युवा,विद्यार्थी र किसानहरूको समस्या विरुद्ध मेरो आवाज बुलन्द रहनेछ " स्टाट्स लेखेका छन ।




