
धनुषाको धनुषाधाम नगरपालिका स्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाइ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ।
शौचालयको ट्यांकी सफा गर्न पसेका स्थानीय अन्दाजी ४४ वर्षीय ठेकु मल्लिक डोमको मृत्यु भएको प्रहरीले जनाएको छ।
नगरपालिकाले तलबभत्ता नदिएपछि काम छाडेका ठेकु आज एक्कासि काममा गएका थिए। उहाँको मृत्युको खबर पाएपछि परिवारले ठेकु काममा गएको जानकारी पाएको चौहानले बताए।
प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।