निकेश खनाल
बर्दिवास- नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशको अध्यक्षमा हिरालाल गौतम दाेश्रो पटक निर्बिरोध निर्वाचित भएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरमा होटल व्यवसायीहरुको बृहत भेलाले आईतवार सर्वसम्मत रुपमा निर्बिरोध गौतमलाई अध्यक्षमा छनौट गरेको हो।
गौतम होटल बर्दिबासका सञ्चालक समेत रहेका उनले मधेश प्रदेशलाई पर्यटनको मुख्य गन्तब्यको रुपमा परीचित गराउन सम्भाब्यता अध्ययन पर्यटन क्षेत्रको उचित ब्यवस्थान पर्यटन भित्र्याउन सरकार तथा ब्यवसायीले खेल्नुपर्ने भुमिका लगायतको बिषयमा मेहनतका साथ काम गर्दै आएका छन् ।



मधेश प्रदेशको आठ जिल्लामा साना ठुला गरी दश हजार भन्दा बढी होटल रहेको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ समितिको वरिष्ठ उपाध्यक्षमा बिष्णु कुमार साह, उपाध्यक्षमा सुरेन्द्र कुमार भण्डारी ,महासचिवमा बैकुण्ठ सापकोटा, कोषाध्यक्षमा दान बहादुर थापा ,सचिबमा तबरेज आलम ,सह सचिबमा शिबराम राउत, सह कोषाध्यक्षमा गोबिन्द गहतराज सदस्यहरुमा रामचन्द्र साह,अन्जु न्यौपाने लगायतका चयन भएका हुन ।




