भैरहवा- रुपन्देही प्रहरी ले भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याईएको प्याज, मटर र मकै को साथै भंसार छलि को सामान हरु लोड गरी ल्याउँदै गरेको अवस्था मा १ ट्रक र १ मिनि ट्रक बिहीवार सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिका वाट नियन्त्रण मा लिएको छ। नियन्त्रण मा लिईएको सामान हरु को अनुमानित मुल्य ४४ लाख २१ हजार ६ सय २५ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नं ४ गल्लामण्डी को सुगरमिल एरिया मा प्रहरी लाई प्राप्त गोप्य सुचना को आधार मा यु पी १५ सि टी ८१९८ नम्वर को भारतिय ट्रक लाई शंका लागि जिल्ला प्रहरी कार्यालय भैरहवा वाट खटिएको प्रहरी टोली ले चेक जाँच गर्ने क्रम मा भंसार छलि को अवैध मटर (केराउ) ३०५ बोरा ( १५,२५० के जी) अनुमानित मुल्य १५ लाख २५ हजार को र मकै ४५ बोरा (२४७५ के जी ) अनुमानित मुल्य ८६ हजार ६ सय २५ को गरि ट्रक सहित अनुमानित मुल्य ३४ लाख ११ हजार ६ सय २५ को बरामद गरेको छ।




मायादेवी गाउँपालिका वडा नं ६ गुर्बनिया मा इलाका प्रहरी कार्यालय बेथरी वाट खटिएको प्रहरी टोली ले लु १ क ७४६ नम्वर को मिनी ट्रक लाई शंका लागि चेक जाँच गर्ने क्रम मा अवैध प्याज बरामद गर्नु को साथै प्रहरी ले ट्र्क चालक लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११ का ३४ वर्षिय अवरार अहमद मुसलमान लाई पक्राउ गरेको छ।
बरामद गरिएको प्याज,ट्रक, मिनी ट्रक र ट्रक चालक लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाल ले जानकारी गराएका छन्।




