काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेससभा तर्फका समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरूको बैठकले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको हो।



कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूको नाम अनुमोदन गरेपछि नेताहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले बन्दसूची पेश गर्न आयोग पुगेका हुन्।
त्यसअघि समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन सातै प्रदेसको छुट्टाछुट्टै बैठक बसेको थियो। प्रत्येक प्रदेसलाई क्लस्टरअनुसार ४० जनाको नाम ‘सर्टलिस्ट’ गर्न भनिएको थियो।
क्लस्टरअनुसार प्रदेसबाट ‘सर्टलिस्ट’ भएका उम्मेदवारहरूको अन्तिम टुंगो कार्यसम्पादन समितिको बैठकले गरेपछि बन्दसूची लिएर कांग्रेस नेताहरू निर्वाचन आयोग पुगेका हुन्।
कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवारका लागि प्रतिनिधिसभातर्फ ११० र प्रदेससभातर्फ २२० उम्मेदवारको नाम टुंगो लगाएको हो।
कांग्रेस स्रोतका अनुसार बन्दसूचीमा नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहमान्त्री जीवन परियार, नेतृ आरजु देउवा राणा, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, फरम्मुलाह मन्सुर लगायतका नेताहरूको नाम सूचीकृत गरिएको छ।




