जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको भटौरियाका २० वर्षीय प्रिन्स कुमार महासेठको जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा टोलमा छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रिन्स कुमारलाई लखेटी लखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।



धनुषा प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको र हत्यामा संलग्नहरुको खोजी भइरहेको बताएको छ ।




