
जनकपुरधाम —धनुषामा एक हप्ता देखि हराई रहेका एक बालकको शव फेला परेको छ।
एकसाता अघि सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए ।
गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। उनको खोजतलास गर्दै आएपनि भेटिएको थिएन् र अहिले बालकको शव फेला परेको हो।
बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो । जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ वसविट्टी स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले जानकारी दिए।
गरिबीका रेखामूनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन (करोडिया) वितराइरहेका छन् । उनीहरू घुमन्ते रहेको र ठाउँठाउँमा टेन्टमा बस्दै आएका छन् । केहि महिनादेखि बालकका आमबुबा सहित केहि छिमेकीहरु सहित जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।
अस्थायी बसोबास गर्दै घूमि राख्ने (करोडिया) परिवारको अबोध बालकको हत्या हो वा मृत्यु यस बिषयमा अनुसंधान हुंदै छ । धनुषा प्रहरीले शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाए प्रहरीले जनाएकोछ । मृतक परिवारजन प्रहरी संपर्कमा छ्न् ।