महोतरी – महोतरीको सोनमा गाउँपालिकामा सामुदायिक भवनको शिलान्यास भएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज कुमार यादवले सोनमा गाउँपालिका वडा न. २ स्थित सामुदायिक भवनको शिलान्यास गर्नुभएको छ ।
बिहिवार सोनामा गाउँपालिका वडा न. २ तरहारीमा दुइ कोठे भवनको शिलान्यास भएको छ।
मधेश प्रदेश सरकारको नीति तथा योजना कार्यक्रम २०८०/२०८१ को बजेट अनुसार भवन निर्माण गर्न ३५ लाख बजेट बिनियोजन भएको मन्त्री यादवले बताए ।उक्त भवन उपभोक्ता समितिबाट निर्माण हुने मन्त्री यादवले बताए । भवन २०८०/२०८१ आर्थिक मसान्त भित्र सम्पन्न हुने समेत उनले बताए ।समुदायिक भवन बन्न थालिनी भएकोले जनसमुदायले खुसि व्यक्त गरेका छन ।



जनसमुदायमा सामुदायिक भवनको अभावले सार्वजानिक काम काज गर्न कठिनाइ भएको जनसमुदायकको भनाई छ ।मन्त्री यादवले भने , “म जनताको लागि काम गर्नेछु । मलाइ जनताले विश्वास गरेर भारि मतले विजय गराएको हो । जनताको लागि पह्र्दारी गरि विकास गर्ने कुरामा प्रतिबद्ध छु ।”शिलान्यासमा मन्त्री लगायत उपभोक्ता समिति जनसमुदायको उपस्थिति रहेको थियो ।




