महोत्तरी – रामगोपालपुर नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । विवाह र विभिन्न उत्सवका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवन निर्माण गर्नको लागि शिलान्यास गरिको हो ।
रामगोपालपुर नगरपालिका – ६ बिसहमरपुरमा मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहा र रामगोपालपुर नगरपालिका – ६ का वडा अध्यक्ष शिवजी महतोद्वारा संयुक्त रूपमा सामुदायिक भवनको शिलान्यास गरिएको हो।




मधेश प्रदेशका सांसद एवं पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाई विवाह, ब्रतबन्ध लगायतका उत्सवमा सुविधायुक्त भवनको आभाव भइरहेको महसूस गरि आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए।
रामगोपालपुर नगरपालिका – ६ बिसहमरपुरमा २० लाखको लागतमा सामुदायिक भवन निर्माण हुन लागेको वडा अध्यक्ष शिवजी महतो बताए। सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार जन्तीलाई बासोबास, वर्षाको समयमा गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बताए।





