फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ महोत्तरीले आर्थिकरुपमा विपन्न एक जनालाई आर्थिक सहयोग गरेको छ ।
संघले नया वर्ष २०८१ को अवसर पारेर सारीरिकरुपमा असक्त समेत रहेका बर्दिवास-३ का कृष्ण बहादुर सार्कीलाई १९ हजार ४४ रुपैया आर्थिक सहयोग गरेको हो ।



सहज जीवनयापन तथा स्वास्थ्य उपचारमा टेवा पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको संघका अध्यक्ष गोविन्द बहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष छन्द कवि प्रेम घिमिले निजी स्तरवाट व्यवसायीलाई बिपतपर्दा अभिभावकीय जिम्मेवारी निर्वाह गरेकोमा खुशी व्यक्त गर्दै स्वास्थ लाभको कामना गरेका छन् ।
त्यस्तै वडा नं ३ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि विराट कुमार बिष्टले बिगतमा पनि कृष्ण बहादुर सार्कीको स्वाथ्य उपचारमा वडाले आवश्यक सहयोग गरेको स्मरण गर्दै यस्तो सहयोगले सार्कीलाई थप जीवनयापनमा सहज वनेको प्रतिक्रिया दिए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे, बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका तृतीय उपाध्यक्ष मिन बहादुर थापा र कलाकार अनिल गन्धर्वको उपस्थिति रहेको थियो ।





