महोत्तरी – चैती छठको आज मूल विधि साझुका अर्घ दिईएको हो।औरही नगरपालिका वडा १ औरहीबाट बग्ने जङ्गहा खोलामा कार्तिक महिनाको छठ पर्व र चैती छठ पर्व गर्नेहरुले जङ्गहा खोलामा जेसिबीले खनेर दुई पटक पानी निकाली छठ पर्व मनाउने गरेका छन्।

तर यस वर्ष सो जङ्गहा खोलामा जेसिबीले ६ फिट खन्दा पानी आएन अहिले जङ्गहा खोला पूर्ण रुपमा सुकिसकेका कारण यस वर्ष छठ पर्व गर्ने ब्रतालुहरु सोहि वडामा पर्ने शिवमन्दिर अगाडीमा रहेको पोखरीमा करिब १५० घर परिवार एकै ठाउमा छठ मनाएका छन्।त्यस्तै औरही नगरपालिका ७ सोनामाई भोएल स्थित रहेको शक्ति पिठ मन्दिर सोनामाई मन्दिर अगाडी भएको पोखरीमा करिब ६० घर परिवार चैती छठ पर्व मनाउदै आएकाको छ । चैती छठको अबलोकन गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’,तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अर्घमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।

व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ। चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।


















