
महोत्तरी - महोत्तरीको बर्दिवासमा गाउँ ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको छ ।बर्दिवास नगरपालिका – ८ हात्तीलेटमा गाउँब्लक जग्गामा बस्दै आएका नगरवासीले मंगलवार लालपुर्जा पाएका हुन् ।लाभग्राहीहरूलाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री र महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले संयुक्त रूपमा लालपुर्जा वितरण गरेको बर्दिवास नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समशेर सिंह लामाले जानकारी दिए ।
पुस्तौँदेखि भोगचलन गर्दै आएका हात्तीलेटका ७८ परिवारलाई जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरिएकोे बताईएको छ । दुईबर्ष अघि नगरपालिका प्रमुखमा क्षेत्री निर्वाचित भएपछी बर्दिवासमा बसोवास गरिरहेका वडा नम्बर २ का भुमिहिन ५३ नागरीकलाई यस अघिनै लालपुर्जा वितरण गरीसकेका छन । नगर प्रमुख क्षेत्रीले गाउँ ब्लकको लालपुर्जा वितरण हुनु बर्दिवास वासीका लागि ठूलो उपलब्धि भएको बताए। उनले गाँस, बास,कपास,शिक्षा स्वास्थ्य, रोजगार नागरिकको आधारभुत आवश्यकता भएको हुनाले त्यसैको एउटा खुड्किलो पुर्जा बितरण रहेको जनाए ।

क्षेत्रीले त्यसकालागी पुर्जा नभएको जग्गाको लगत संकलन, नापी लायतका आवश्यक प्रक्रिया पु¥याई नगरभित्र बाकी रहेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई समेत जग्गाधनी पुर्जा वितरण गरिने जनाए ।त्यसैगरी आफूले पितापुर्खादेखि बस्दै आएको घडेरीको लालपुर्जा पाएको भन्दै स्थानीय पुर्जा पाएकाहरुले खुसी व्यक्त गरे हामी यहीँ हुर्केको थलो हो ‘बल्लबल्ल लालपुर्जा पाइयो, निकै खुसी लागेको छ लालपुर्जा नहुँदा समस्या पर्दा बन्दकी देखाउने सम्पत्ति थिएन लालपुर्जा पाएका जेष्ठ नागरिक खडक बहादुर खत्रीले भने
बर्दिवास क्षेत्रका अधिकांश परिवारको अवस्था उस्तै छ । लालपुर्जा नहुँदा पुस्तौँपुस्ता बिताएको जमिन आफ्नो भन्ने अवस्था नरहेको उनीहरूको गुनासो रहेको छ । जग्गा धनीपुर्जा पाएकाहरुले आफूहरू अब सुकुम्बासी नरहेको उनीहरूको प्रतिक्रिया छ ।घडेरी हुँदा मात्र पनि जीवन निकै सुखी भएको महसुस गरेको बर्दिवास ८ का पदम बलम्पाकीले लालपुर्जा पाएपछी खुशी हुँदै सुनाए ।
सोही स्थानका नन्दलाल सुस्लिङ्गले वर्षौँदेखि जग्गा भएर पनि आफूहरू आफ्नै जग्गाको अधिकार विहीन भएर बसेको बताए।
सो स्थानमा वर्षाैदेखि गाउँ ब्लक जग्गाहरूको जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी नहुँदा भुमि अधिकार मञ्चको पहलमा नापी तथा जग्गाधनी पुर्जा वितरण भएको राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रिय सचिब फौद सिंह स्याङ्गवाले बताए ।
