औरही,महोत्तरी। प्रदेश २ का महोत्तरी औरही नगरपालिका १ बस्ने खुर्सैद लहेरीले औरही बजारमा जस्ता पाताको छाना भएको घरमा संचालन गर्दै आएका काजल कस्मेटिक पसलमा राखेको समाग्रीहरु चर्को घामले न बिग्रियोस् र चर्को घामका कारण पसलमा बस्न नसक्ने भएका कारण लहेरीले जस्ता पाता माथी जुटको बोरा राखेर मोटर बाट पानी राख्दै आएको जनाएका छ्न्।सहरी बिकास मन्त्रालयबाट मुसहर बस्तीमा बनाएको जस्तापाताको छाना भएको घरमा मुसहर बस्तीका मानीसहरु घर बाहिर दिन भरी बस्न बाध्य छ्न्।औरही नगरपालिका २ मुसहर बस्तीका चन्दर सदाका अनुसार घरमा बच्चाहरु गर्मीका कारण बिरामी हुन थाले पछि अहिले हामी गाउँमा रुखको छहारी खोज्दै त्यहाँ गएर दिन काट्ने गरेका छाै ।