
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बाँकी कार्यकालको अबको तीन बर्षे कार्यकाल भित्रै नगरवासीले बिकासको अनुभुती हुने किसिमको कामगर्ने योजना रहेको बताएका छन ।
महोत्तरीको बर्दिवासमा आयोजित बर्दिवास नगर खेलकुद बिकास समितीले आयोजना गरेको एनफा अन्डर १३ फुटबल खेलको छनोट प्रक्रिया अन्तरगत बर्दिवास नगरपालिकाबाट काठमाडौमा छनौटकालागि जाने बर्दिवास नगरपालिका भित्रका फूटबल टोलीलाई मंगलवार विदाई तथा सम्मान कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा उनले नगर भित्र हाल शिक्षा, स्वास्थ्य ,खेलकुद जस्ता महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर काम गरेकै कारण नगरमा बिगतको भन्दा अहिले खेलकुद तथा अन्य क्षेत्रको बिकासले समेत फड्को मार्दै गएको उल्लेख गरे ।
प्रमुख क्षेत्रीले खेल र खेलाडीको बिकास नगरपालिकाको मुख्य दायित्व भएकाले यसकोलागी देखिएको समस्या समाधान गर्न खेलकुद समितीलाई निर्देशन दिएको जनाए ।
खेलकुमा बर्दिवासको नाम उच्च राख्न खेलाडीलाई हौसला प्रदानगर्दै नगर प्रमुखले यहाँको खेलाडीले खेल जगतमा नगरलाई स्वदेश तथा बिदेशमा चिनाउने गरी मेहनत गरेर अधिबढने समेत बिश्वास ब्यक्त गरे ।बर्दिवास नगर खेलकुद बिकास समितीका अध्यक्ष दिपेन्द्र शिबभक्तीको अध्यक्षतामा भएको बिदाई तथा सम्मान कार्यक्रमा एनफा अन्डर १३ फुटबल प्रतियोगिताको छनोट खेल्नका लागि काठमांडौ जाने बर्दिवासका समुदायिक तथा संस्थागत बिद्यालयका ९ जना फूटबल खेलाडीलाई विदाई तथा सम्मान गरिएको थियो ।
