
महोत्तरी - रामगोपालपुर नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को(ख)बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाको प्रमुख अतिथिमा सामुदायिक भवनको शिलान्यास भएको छ।

रामगोपालपुर नगरपालिका – ७ सहसाैलामा मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाद्वारा सामुदायिक भवनको शिलान्यास गरिएको हो। मधेश प्रदेशका सांसद एवं पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाई विवाह, ब्रतबन्ध लगायतका उत्सवमा सुविधायुक्त भवनको आभाव भइरहेको महसूस गरि आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए। रामगोपालपुर नगरपालिका - ७ सहसाैलामा २० लाखको लागतमा सामुदायिक भवन निर्माण हुन लागेको स्थानीय नेपाली कांग्रेसका नेता राजा राम यादव बताए।

सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार जन्तीलाई बासोबास,वर्षाको समयमा गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बताए। उक्त शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका नेता राजा राम यादव जसपा नेता राम सहाय मण्डल लगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।


