महोत्तरी – मटिहानीका अग्नीपीडितलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानले राहत वितरण गरेको छ।बुधवार मटिहानी नगरपालिका वड़ा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागिले क्षतिग्रष्ट क्षेत्रका पिडितहरुलाई राहत उपलब्ध गराइएको हो ।

अस्पताल द्वारा प्रति पीडित चामल २५ kg, मसुर दाल १ kg, खाने तेल १/२ लिटर, नुन १ kg, च्यूरा १ kg सोयाबीन २५० ग्राम, चाउ चाउ २ प्याकेट का दरले १०३ घरपरिवारलाई राहत बितरण गरिएको हो ।



त्यसै गरी उक्त संस्था द्वारा जरलहवा गाछी बस्तीमा आगलागिले क्षतिग्रष्ट क्षेत्रका पिडितहरुको लागि निःशुल्क आँखा जाँच तथा निःशुल्क औषधि बितरण शिबिरको समेत संचालन समेत गरिएको थियो ।







